२०८० चैत्र १६ , शुक्रवार

चिनियाँ नेता लिउ प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे

सुनाखरी न्युज/ काठमाडौं –

प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओ बालुवाटार पुगेका छन् । लिउ आइतबार बिहान चार दिने भ्रमणमा नेपाल आएका हुन् ।

 

लिउ देउवालाई भेटेपछि परराष्ट्रमन्त्री खड्कालाई भेट्न सिंहदरबार आउनेछन् । त्यसपछि आइतबार बेलुकी साढे ६ बजे खड्काले लिउलाई सम्मानमा रात्रिभोज दिँदैछन् । विदेश विभाग प्रमुख लिउले सोमबार बिहान सुन्दरीजल क्षेत्र भ्रमण गर्ने कार्यक्रम छ । त्यसपछि उनले सोमबारै ओलीलाई बालकोटमा गएर भेट्ने छन् ।

 

दाहाल, नेपाल र खनाललाई भने लिउले होटलमा भेट्ने कार्यक्रम रहेको छ भने बुधबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्ने कार्यक्रम छ । त्यसपछि उनले माओवादीका नेता उमेश स्थापितलाई पनि भेट्ने कार्यक्रम छ । त्यसपछि मात्रै लिउ जियानचाओ बिहीबार वेइजिङ फर्कने छन् ।