२०८१ बैशाख ७ , शुक्रवार

हेमजामा ४ दिने प्राथामिक उपचार तालिम सुरू

गोविन्द तिमिल्सिना/हेमजा-

नेपाल रेडक्रस सोसाइटी कास्की जिल्लाको आयोजना, हेमजा शाखाको सहआयोजना तथा हेमजा युवा रेडक्रस सरकलको ब्यवस्थापनमा पोखरा २५ हेमजामा आइतवार ४ दिने जिल्ला स्तरीय आधारभूत प्राथमिक उपचार तालिम सुरू भएको छ ।

 

कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी कास्की जिल्लाका उपसभापति डण्डराज शर्माले कार्यक्रम सफलताको शुभकामना दिदै हेमजा शाखा बिभिन्न गतिविधिमा अगाडी रहेको बताए । कार्यक्रममा पोखरा महानगरपालिका वडा न. २५ का वडा अध्यक्ष मोती तिमिल्सिना, बिष्णु पादुका मा.बि का प्र अ दिपक पौडेल र हेमजा शाखाका सभापति नेत्रपाणी भण्डारीले बोलेका थिए ।

 

तालिममा विभिन्न बिद्यालयका २४ बिद्यार्थीको सहभागीता रहेको छ । कोषाध्यक्ष राज पौडेलले स्वागत गरी सुरू भएको कार्यक्रममा उपाध्यक्ष ममता आचार्यले सात सिदान्त वाचन गरेकी थिइन् । हेमजा रेडक्रस सरकलका सभापति अनिल पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव सन्तोष पौडेलले गरेका थिए ।