२०८१ बैशाख १३ , बिहिवार

ट्रष्टका नाममा ब्रम्हलुट : कांग्रेस उपसभापति गुरुङ

सुनाखरी न्युज/ काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरूङ्गले ट्रष्टको नाममा ब्रम्हलुट भईरहेको बताएका छन् । उनले आफ्नो फेसबुक मार्फत एक स्टाटस मार्फत उनले भनेका छन् ।

 

‘सुशील कोइराला सभापति भएकै बेलामा मैले के.स.बैठकमा भनेको थिएँ “नेताहरुको नाममा खोलेको ट्रष्ट/फाउन्डेसनहरुमा राज्यकोष बाट बजेट हाल्ने र ब्रम्हलुट गर्ने काम भइरहेको छ। यो भ्रष्टाचार हो। रोक्नु पर्छ।” तर यो प्रबृत्ति झनै बढेको छ। श्रीलंकाको घट्नाबाट अचेत नेताहरुको चेत खुलोस्।’श्रीलंका यतिबेला गम्भीर आर्थिक संकटमा छ । श्रीलंकामा आर्थिक संकट गहिरिएपछि त्यहाँ महिनौंदेखि जारी आन्दोलनले उग्र रुप लिँदै गइरहेकाे छ । प्रर्दशनकारीहरुले राष्ट्रपति गोटाबाया राजापाक्षे निवास कब्जामा लिएका छन् ।

 

यता नेपाल पनि श्रीलंकाको बाटोमा हिँडेको भन्दै विरोधका स्वरहरू सुनिन थालेका छन् । सत्ता गठबन्धनमा आबद्ध नेताहरुले नै ढिलो चाँडो नेपाल पनि श्रीलंकाको बाटोमा जाने चेतावनी दिइरहेका छन् ।