२०८१ बैशाख ८ , शनिवार

पुर्खे बा को पानीमरुवा भाग ४ ” तिर्सना ” बजारमा

प्रदिप न्यौपाने/ धनगढी। हिन्दु नारीहरुको महान चाड हरितालिका तीज नजिकिँदै गएको छ । तिज नजिकिदै गर्दा सर्जक तथा गायक तिज गित बजारमा ल्याउन रातदिन लागि परेका छन भने बजारमा निस्केका तीजका गीतले युटुव, टिकटक लगायतका सामाजिक सञ्जाल तताउन थालेका छन् ।

 

यसै क्रममा पुरुसोतम भण्डारी `पुर्खे बा´ ले पानीमरुवा भाग ४ ” तिर्सना”बजारमा ल्याएका छन् । पुरुसोतम भण्डारी पुर्खे बा, लक्ष्मी तिवारी “तिवारी आमा” र रिना केसीको आवाज रहेको उक्त गितमा पुर्खे बा कै शब्द तथा संगीत रहेको छ । सुनिल बिकले छयाङ्कन गरेको उक्त भिडियोलाई पुर्खे बा ले निर्देशन गरेका छन ।

 

समाजमा घट्ने घटनाहरु, पारिवारिक गन्थन मन्थन लगायतका विषयवस्तु उठाएर बजारमा आएको गितको भागमा बुबा र छोरीबीचको गन्थन मन्थन लाई पुर्खे बा, तिवारी आमा, सरिता धनकुटी र अजय भुसालले अभिनय गरेका छन। गित पुर्खे बा को युटुब च्यानल बाट बजारमा आएको छ ।

भिडियो