२०८० चैत्र १६ , शुक्रवार

दराजले गर्यो प्राउडली नेपाली अभियानको घोषणा – स्थानीय ब्रान्डहरूको प्रवर्द्धनमा मुख्य फोकस

सुनाखरी न्युज/ काठमाडौं । नेपालको अग्रणी अनलाइनबजार दराजले प्राउडली नेपाली – प्रमोटिङ नेपाली ब्रान्डनामकआफ्नो नयाँअभियान येही जेठ १३ बाट सुरु हुने घोषणा गरेको छ ।

कम्पनिको अनुसार, विगत र वर्तमान नेपालीबजारमाउच्च गुणस्तरका वस्तु तथा सेवाहरू प्रदानगर्दै आएका नेपाली ब्राण्डहरूलाई हाइलाइट र प्रवर्द्धन गर्ने यस अभियानको मुख्यलक्ष्य रहेको छ। यो अभियान दराजको मूलमूल्यमान्यता“अप्लिपिÞm्टङ्ग कम्युनिटि थ्रु द पावर अफकमर्स“भित्र पर्दछ। आफ्नो प्रत्येक अपरेटिङ क्षेत्रहरूमा स्थानीयकरणमा थपध्यान केन्द्रित गर्ने कम्पनीको विश्वव्यापी दृष्टिकोणलाई फेब्रुअरीमानयाँप्रबन्धनिर्देशक, सुश्री आंचलकुँवरको अनबोर्डिङसँगै बढावा दिइएको थियो र प्राउडली नेपालीअभियान, त्यो भिजनहासिल गर्नु तर्फ अर्को धक्काहो। साथै, कम्पनीले यो आश्वासनपनिदिएको छ कि प्राउडली नेपाली एक वान टाईम अभियानमात्रनभई एक दीर्घकालीन परियोजनाहो जुनवर्षभरि हरेक महिना जारी रहनेछ।

 

यसबाहेक, यो अभियानले दराजसँग सम्बन्धित स्थानीय ब्रान्ड र बिक्रेताहरूलाई आफ्नो अनलाइनउपस्थिति बढाउन र आधुनिक डिजिटल युगमा सजिलैसँग व्यापार सञ्चालन गर्न प्रत्यक्ष सहयोग गर्ने प्रयास गर्दछ। दराज सहयात्री र सारथी जस्ता विगतकाकार्यक्रमहरूले ११,ण्ण्ण् भन्दा बढी बिक्रेताहरूलाई आफ्नो व्यवसायअनलाइन स्थानान्तरण गर्न प्रत्यक्ष रूपमा मद्दत गरेका छन्। र यो अभियानमार्फत दराजले नेपाली ब्रान्डहरूलाई अनलाइनमाआफ्नो उपस्थिति र भिजिबिलिटी बढाउन र आफ्नो व्यवसायलाई नयाँउचाइमा पु¥याउन मद्दत गर्ने आशा राखेको कम्पनीले जानकारी दिएको छ।

 

फुलु, जुआस, सीजी डिजिटल, मन्त्र, गोल्डस्टार, यासुडा र थप जस्ता उत्कृष्ट नेपाली ब्रान्डहरूको साथ, यो अभियानले ग्राहकहरूलाई नेपाली ब्रान्डहरुको बारेमाथपजानकारी दिने अवसर प्रदान गर्ने कम्पनीको दृढ विश्वास रहेको छ। यसका साथसाथै यो अभियानले स्थानीय ब्रान्डहरूले अन्तर्राष्ट्रिय स्तरका उत्पादनहरू प्रदान गर्न नसक्ने औसत नेपाली उपभोक्ताको धारणालाई पनि परिवर्तन गर्न खोजेको कम्पनीले जनाएको छ । प्राउडली नेपालीअभियानले त्यो विश्वासलाई परिवर्तन गर्न र ग्राहकहरूलाई नेपाली ब्रान्डहरूलाई समर्थन गर्न र उनीहरूका वस्तु तथा सेवाहरूको उपभोग गर्न प्रोत्साहन र उत्प्रेरित गर्न खोजेको दराजको भनाई छ।

अभियानको मुख्य सन्देशलाई – नेपाली ब्रान्डहरू प्रवर्द्धन गर्ने, थप फैलाउन, दराजलेँल्ऋऋक्ष्रक्ब्ध्म्ँ सँग मिलि एक रणनीतिक इकोसिस्टम बनाउन सफलभएको छ भने प्राउडली नेपालीको नेपालभर प्रचार प्रसारको लागि सबै मार्केटिङ च्यानलहरू प्रयोग गर्ने कम्पनीको भनाई छ।