२०८० चैत्र १६ , शुक्रवार

रूपन्देहीको भलबारीस्थित आयल निगमको डिपोमा तेल खन्याउने क्रममा आगलागी

सुनाखरी न्युज/ बुटवल । रुपन्देहीस्थित नेपाल आयल निगमको प्रादेशिक डिपोमा इन्धन बोकेका दुई ट्यांकरमा आगलागी भएको छ ।तेल खनाउने तयारी गर्दै गर्दा अचानक आगलागी भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जानकारी दिएको छ ।

 

लु २ ख २६५६ र लु २ ख ५६८५ नम्बरको ट्यांकरबाट तेल खनाउने क्रममा आगलगी भएको प्रहरीले जनाएको छ ।सिद्धार्थनगर नगरपालिका, तिलोत्तमा नगरपालिका र भलवारी आयाल निगमको दमकलले आगलागी नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रवक्ता नवरत्न पौडेलले जानकारी दिनुभयो ।