२०८१ बैशाख ७ , शुक्रवार

काठमाडौंको मेयरमा बालेन निर्वाचित, सुनिता उपमेयर

सुनाखरी न्युज/ काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा बालेन्द्र साह (बालेन) निर्वाचित हुनुभएको छ । वैशाख ३० गते भएको निर्वाचनको बिहीबार राति अबेर सकिएको मतगणनामा नेपाली कांग्रेस र नेकपा एमालेसहितका उम्मेदवारलाई पराजित गर्दै बालेन निर्वाचित हुनुभएको हो ।

 

साहले ६१ हजार ७६७ मत ल्याउँदै मेयरमा निर्वाचित हुनुभएको हो । साहका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ३८ हजार ३४१ मत र नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ३८ हजार ११७ मत पाउनुभयो ।

 

उपमेयरमा नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोल निर्वाचित हुनुभयो । उहाँले ६८ हजार ६१२ मत ल्याउँदा निकटम प्रतिद्वन्द्वी नेकपा समाजवादीका रामेश्वर श्रेष्ठले २३ हजार ८०६ मत ल्याउनुभयो । स्थापित काठमाडौं महानगरपालिकाका पूर्वमेयर तथा सिंह कांग्रेस नेतृ हुनुहुन्छ ।