२०८१ बैशाख १३ , बिहिवार

उम्मेदवार थापाको चुनाव खर्च सार्वजनिक

सुनाखरी न्युज/ पोखरा । स्थानीय निर्वाचन २०७९ को नतिजा अनुसार पोखरा महानगरपालिकाको मेयर पदमा सत्तारुढ गठबन्धनका उम्मेदवार धनराज आचार्य निर्वाचित बने ।

 

उक्त पदमा कूल २३ जनाको उम्मेदवारी परेको थियो । आम जनमानसमा मेयरका उम्मेदवारको निर्वाचन खर्च कति भयो भन्ने जिज्ञासा बढेकै छ । मेयर पदका एक उम्मेदवारले भने निर्वाचनको नतिजा आएको भोलीपल्ट नै आफ्नो खर्च विवरण सार्वजनिक गरेका छन् । उन्नत लोकतन्त्र पार्टीका तर्फबाट उम्मेदवार बनेका आशीष थापा श्यामले निर्वाचन अवधीभर भएको आफ्नो खर्च विवरण सार्वजनिक गरेका हुन् । उनको कूल खर्च ९७ हजार ३ सय १५ रुपैया भएको थापाले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका हुन् ।

थापाले सबैभन्दा बढी खर्च सवारी साधन खर्च तथा डिजीटल प्रचारमा २० हजार खर्च गरेको जनाएका छन् । इन्धनतर्फ १० हजार , झण्डा ९ हजार , साउण्ड सिस्टम ३ हजार , खाना खाजा १० हजार ,ब्यानर तथा पर्चामा १३ हजार २ सय ६५ , कार्यालय सञ्चालनमा ४ हजार ५ सय ५० , यएसबी खरीदमा ५ सय र अन्य तर्फ ७ हजार रुपैया थापाले खर्च गरेका छन् । साथै थापाले मत दिने सबैलाई धन्यवाद समेत दिएका छन् । थापाले ६४ मत प्राप्त गरेका थिए । एक विज्ञप्ती जारी गर्दै उनले जनतालाई प्रभावित पारी चुनावमा खर्च भ्रष्टाचार भएको उनले जनाएका छन् ।