२०८१ बैशाख ७ , शुक्रवार

रोल अफ एकेडेमिया फर सेफर मोबिलीटि नामक गोलमेच बैठक सम्पन्न

सुनाखरी न्युज/ काठमाडौं । केन्द्रीय जनसंख्या अध्ययन विभाग, त्रिभुवनविश्व विद्यालय कीर्तिपुरमा रोल अफ एकेडेमिया फर सेफर मोबिलीटि नामक गोलमेच बैठक मे २३ मा सम्पन्न भयो ।

 

त्रिविका रेक्टर शिवलाल भुसालको उपस्थीती र केन्द्रीय जनसंख्या अध्ययन विभागका प्रमुख योगेन्द्र बहादुर गुरुङ्गको अध्यक्षता सम्पन्न भएको सो कार्यक्रममा पद्मकन्याक्या म्पसकी सहप्राध्यापक तथा नासा फाउन्डेसनकी संयोजक भगवती सेडाइले सेफर मोबिलीटिमा एकेडेमियाको महत्वबारे कन्सेप्ट नोट दिनुभएको थियो ।

 

कार्यक्रममासडक दुर्घटना, घाइते र मृत्युको वर्तमानअवस्था, न्यूनीकरण उपायहरू, डाटा ड्राइभन हस्तक्षेपहरूको उदाहरण र प्रभाव, गुणस्तरीय हेल्मेटको महत्व, सडक सुरक्षाअभिवृद्धि गर्न शैक्षिकतथा अनुसन्धनात्मक संस्थाको भूमिकाबारेमा छलफल भएको थियो ।

 

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा पवनशर्मा, स्पाइनलइन्जुरी पुनस्र्थापना केन्द्रकी ईशाथापा, धुलिखेल हस्पतालका सहप्रध्यापक डा सानु कृष्ण श्रेष्ठ र नेपालनर्सिङ काउन्सीलकी रजिष्टार बिन्दा घिमिरलेसडक ट्राफिक दुर्घटना र मृत्युलाई कमगर्न व्यवहार परिवर्तन सम्बन्धीचेतनाआवश्यक रहेको र दुर्घटना पश्चातको उद्धार, उपचार र पुनस्र्थापनामादु्रत सेवा जरुरी भएको र सम्पुर्ण स्वास्थ्य संस्थाको एकताको आवश्यकताउल्लेख गरे ।

 

साथै नेपाल स्वास्थ्य अनुसन्धान परिषदकाजोट नारायण पटेल, सुदूरपश्चिमविश्वविद्यालयकासहप्रध्यापकदिपकचन्द्र भट्ट, सङकरदेव क्यापसकी साहयकक्यापस प्रमुखमिखाश्रेष्ठ ले सडक सुरक्षा सम्बन्धी पाठ्यक्रमआवश्यक रहेको र सडक दुर्घटना न्यूनीकरणका लागिनासा नेपालसंग साझेदारीगर्नु पर्ने कुरा व्यक्त गरे ।

 

नेपाल विज्ञान तथाप्रविधि पज्ञा प्रतिष्ठान (नास्ट)कीकविता पाण्डे, साइकलिस्ट अभियान्ता डा तारा लालश्रेष्ठ , काठमाडौ शिक्षाक्यापसकील सुजनाश्रेष्ठ , पाटन बहुमुखीक्याम्पसकादिपेन्द्र सिजापति, भक्तपुर बहुमुखी क्याम्पसकी लक्ष्मी बस्याल , रत्न राज्यक्याम्पसकी रिताकार्की लगायतविभिन्न विज्ञहरुले अध्ययन, अनुसन्धान र नितिगत हस्तक्षेप गर्नुपर्ने धारणा व्यक्त गरे ।

 

नासा नेपाल, स्वतंन्त्रअभियान नेपाल, नासा फाउन्डेसनद्वारा संचालित सोकार्यक्रममामोटरसइक्लिङ सुरक्षाको लागि सुरक्षित हेल्मेट, सडक सुरक्षासांकेतिक रुपमा सुरक्षित हेल्मेटको वारेमा ज्ञान दिलाउनकालागिएफआईए हेल्मेट वितरण गरिएको थियो ।

सेफर मोबिलिटिको निम्तीशैक्षिकतथा अनुसन्धनात्मक संस्थालेग्लोबल एलान्एस र नासा नेपालसँग साझेदारी गर्ने गरी बैठक बाट७ सदस्यीय टिमको गठन पनिभयो ।