२०८१ बैशाख १२ , बुधवार

तिमिलाई कुर्दाकुर्दै मेरो…….

गोबिन्द राज ओझा (साजन)-/डोटी-  

 

तिमिलाई कुर्दाकुर्दै मेरो जिबन गयो

संयोगले आज तिमि सँग भेट भयो

त्यो पारि डाडामा देखिन्छ सुन्दर मन्दिर

त्येहि पुगि तिम्रो सिउदोमा भर्नुपर्छ सिन्दुर

 

यो खोला ,यि झरना सँगै खेलेर बितेको छ जिन्दगानि

टाढा टाढा परदेशको बाटो हिडदा यो मन कस्तो होलानि

त्यो मेरो घर भएको डाडा हावा चल्यो सरर

अझै पनि सम्झनामा आईरहन्छन तिम्रा ति दन्त्यलहर

 

कति राम्रि सुन्दरि बेहुलिको पहिरनमा सजिदा

हेरिरहु लाग्छ मलाई तिमि समिप हुदा

त्यो डाडाको टाकुरामा मन्दिर देखिन्छ

तिमिले दिएको मायाले धेरै कुरा सिकाउछ

 

सम्झन्छु तिमिले गुन्यु चोलि लगाएर नाचेको

मेरो मनबाट सम्झन्छु तिमिले बाटोमा भेटेको

त्यो हिमालको दृष्यले यो मन लोभ्याउने

तिमिले मेरो कुरा सुनिदिदा हो मैले मन बुझाउने

 

घास दउरा सँगै जान्थ्यौ त्यो पारि डाडामा

तिमि जादा म बसेको हुन्थ्ये मेरो घरको कौशिमा

त्यो पारि डाडामा रहेछ तिम्रो घर

माया पिरति लगाई हाल किन मान्छौ डर

 

गाई चराउन लग्यौ हामिले त्यो जंगलमा

छुटिएर गयौ हामि भेट भएको केहि समयमा

त्यो पारि डाडामा देखिन्छ सुन्दर मन्दिर

त्येहि पुगि तिम्रो सिउदोमा भर्नुपर्छ सिन्दुर

 

सम्झना आउला तिमिलाई हामिले कसम खाएको

सधै सँगै घुम्दा घुम्दै देउरालिमा माया लाएको

सम्झना आउछ मलाई तिमि सँग घुमेको

याद आउछ मलाई तिमि सँग तस्विर खिचेको