२०८१ बैशाख १३ , बिहिवार

चट्याङ लागेर २ जनाको मृत्यु

सुनाखरी न्युज/ काठमाडौं –

कपिलवस्तु – शिवराज नगरपालिका-६ पिपरी बस्ने ७ वर्षीया रिजवन महमदको चट्याङ लागेर मंगलबार साँझ मृत्यु भएको छ । सोही ठाउँस्थित पिपलको रुख मुनि पानी परेकोले ओत लागि बसेको अवस्थामा एक्कासि चट्याङ पर्दा गम्भीर घाइते भएका रिजवानको चौराहा अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । साथै चट्याङ लागेर घाइते भएका सोही ठाउँ बस्ने ३० वर्षीय नुर महमद लगायत ३ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

 

गुल्मी – मदाने गाउँपालिका-४ म्यालपोखरी बस्ने ४५ वर्षीया राधिका भट्टराईको चट्याङ लागेर मंगलबार साँझ मृत्यु भएको छ । आफ्नै गोठमा गाई-बस्तुलाई घाँसपात गर्ने क्रममा चट्याङ लागेर उनको मृत्यु भएको बताइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।