२०८१ बैशाख ११ , मंगलबार

मन्त्रिपरिषद बैठकद्वारा नीति तथा कार्यक्रम पारित

सुनाखरी न्युज/ काठमाडौं –

मन्त्रिपरिषद बैठकले अगामी वर्ष ०७९–८० को नीति तथा कार्यक्रम पारित गरेको छ । मंगलबार विहान बसेको मन्त्रिपरिषद बैठकले नीति तथा कार्यक्रम पारित गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र कार्कीले बताए ।

 

उनका अनुसार मन्त्रिपरिषदले पारित गरेको नीति तथा कार्यक्रम आज अपरान्ह ४ बजे बस्ने संसद बैठकमा पेश हुने छ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा नीति तथा कार्यक्रम पेस गर्ने छिन् ।

 

जेठ १० गते अगामी वर्षको नीति तथा कार्यक्रम पेस गर्ने संवैधानिक व्यवस्था छ भने जेठ १५ गते बजेट आउँदैछ ।