२०८१ बैशाख ७ , शुक्रवार

तेमाल ७ का नव निर्वचित वडाध्यक्षले गरे पदभार ग्रहण

सुनाखरी न्युज/काभ्रे । तेमाल ७ का नव निर्वचित वडाध्यक्ष सोमवार पदभार ग्रहण गरेका छन ।

गत बैशाख ३० गते सम्पन्न स्थानिय तहको निर्वाचन मा नेपाली काङ्रेसको तर्फ बाट निर्वाचित वडाध्यक्ष इन्द्रलाल तामाङले सोमवार देखि पदभार ग्राहन गरेका छन । बैशाख ३० गते भएको निर्वाचनमा जेठ ४ गतेको मत परिणाम अनुसार उम्मेदवार बनेका नेपाली काङ्ग्रेसका तामाङले नेकपा एमालेका इन्द्रमान तामाङ लाई पराजित गर्दै वडध्यक्षमा बिजयी भएका हुन ।

इन्द्रलाल तामाङले ७२२ मत प्राप्त गरि बिजयी हुँदा एमालेका इन्द्रमान तामाङले जम्मा ५८४ मत ल्याएका थिए । नेपाली काङ्ग्रेस तर्फबाट पुरै प्यानल बिजयी भएका हुन ।