२०८० चैत्र १६ , शुक्रवार

टाटा मोटर्सको दोश्रो एक्सपिरियन्स जोन चितवनमा,सिप्रदी तथा नेपाली चलचित्र कवड्डी टिमद्धारा उद्घाटन

सुनाखरी न्युज/ नारायणगढ । नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रा.लि. ले हालै मात्र चितवनमा टाटा मोटर्सको दोश्रो एक्सपिरियन्स जोनको सुरुवात गरेको छ ।

 

यस एक्सपिरियन्स जोनको उद्घाटन कलाकार दयाहाङ्ग राई सहित नेपाली चलचित्र कवड्डी टिमद्धारा गरिएको हो । यस टाटा मोटर्स एक्सपिरियन्स जोन चितवनस्थित सीजी ल्याण्डमार्कमा रहेको छ । टाटा मोटर्सको यो दोश्रो एक्सपिरियन्स जोन हो; यस अघि ललितपुरको पुल्चोकस्थित लाबिम मलमा पहिलो एक्सपिरियन्स जोनको सुरुवात भएको थियो ।

 

यस एक्सपिरियन्स जोनमा बजार प्रतिनिधिहरु मार्फत टाटा मोटर्सका गाडीहरुको बारेमा विस्तृत जानकारी लिन सकिनेछ र यसका साथै टेस्ट ड्राईभको पनि व्यवस्था गरिएको छ । साथै टाटा मोटर्सका ग्राहकहरुका लागि मात्र प्रिभिलेज्ड पार्किङ्गको पनि सुविधा रहेको छ । टाटा मोटर्सले ग्राहक सेवालाई अझै परिस्कृत र उत्कृष्ट बनाउने उदेश्यले शोरुम भन्दा बाहिरबाट पनि यस किसिमको सेवा दिन थालेको हो ।