२०८१ बैशाख ११ , मंगलबार

नेप्सेमा दोहोरो अंकले गिरावट

सुनाखरी न्युज/ काठमाडौं –

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) यस साताको कारोबारको पहिलो दिन आज सोमबार दोहोरो अंकले घटेको छ । आज नेप्से ३४.२१ अंकले घटेर दुई हजार २ सय दशमलव ८८ विन्दुमा बन्द भएको छ ।

 

त्यस्तै, आज कारोबार रकम पनि सामान्य गिरावट आएको छ । आज एक अर्ब ३६ करोड ९५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका १३ कम्पनीको शेयरमूल्य बढेको छ भने १७८ कम्पनीको शेयरमूल्य घटेको छ । यसमध्ये पनि एक कम्पनीको शेयर मूल्यमा सामान्य वृद्धि भएको छ ।

 

आज गुँरास लाइफ इन्स्योरेन्स कम्पनीको शेयरमूल्य ६.४० प्रतिशतले बढेर प्रतिकित्ता ११३७.५० रुपैयाँ पुगेको छ । त्यस्तै, आज नबिल बैंकको कारोबार भएको छ । यस कम्पनीको शेयरमूल्य आज ४ कराृेड ५ लाख रुपैयाँको भएको छ