२०८१ बैशाख ८ , शनिवार

हावाहुरीको कारण एक जनाको मृत्यु

सुनाखरी न्युज/ चितवन –

ईच्छाकामना गाउँपालिका-७ पिपलटार रानीखोला बस्ने ४३ वर्षीय भिम बहादुर प्रजाको हावाहुरीको कारण आइतबार बिहान मृत्यु भएको छ ।

 

हावाहुरीको कारण घर नजिकै रहेको सालको रुख ढलि उक्त रुखले थिचिदा उनको घटनास्थलमै मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।