२०८१ बैशाख ४ , मंगलबार

रुसले लगायो फिनल्यान्डमा प्राकृतिक ग्यास आपूर्तिमा रोक

सुनाखरी न्युज/ काठमाडौं –

रुसले शनिबार छिमेकी फिनल्यान्डमा प्राकृतिक ग्यास आपूर्तिमा रोक लगाएको छ । त्यसको बदलामा फिनल्यान्डले नेटो सदस्यताको लागि आवेदन दिएर मस्कोलाई आक्रोशित बनाएको छ ।

 

आपूर्तिकर्ता गाजप्रोमलाई रुबलमा तिर्न अस्वीकार गरेपछि मस्कोले फिनल्यान्डमाथि ग्यास रोकेको हो । २४ फेब्रुवरीमा युक्रेनमाथि रुसी हमलापछि मस्कोले रुबलमा ग्यासको भुक्तानी गर्न युरोपेली युनियन (ईयू) लगायतका देशका ग्राहकलाई अनुरोध गरेको छ ।

 

रुसी उर्जा कम्पनी ग्याजप्रोमले शनिबार एक विज्ञप्तिमा रुबल भुक्तानी प्राप्त नगरेकोले ग्यास आपूर्ति पूर्ण रूपमा बन्द गरिएको जनाएको छ । सन् २०२१ मा ग्याप्रोमले १ दशमलब ४९ अर्ब क्युबिक मिटर प्राकृतिक ग्यास फिनल्यान्ड पठाएको जनाएको छ । यो देशको ग्यास खपतको लगभग दुई तिहाई बराबर हो । यद्यपि, प्राकृतिक ग्यासले फिनल्याण्डको ऊर्जाको करिब आठ प्रतिशत ओगटेको छ ।

 

फिनल्यान्डको उर्जा कम्पनी गासुमले अभावलाई बाल्टिकनेक्टर पाइपलाइनलगायतका स्रोतबाट अभाव पूर्ति गर्ने जनाएको छ । त्यस्तै फिलिंग स्टेसनहरू सामान्य रूपमा चल्ने आश्वासन दिएको छ । एजेन्सी