२०८१ बैशाख ७ , शुक्रवार

‘बेबी डल’ गायिका कनिकाले गरिन् विवाह

सुनाखरी न्युज/ काठमाडौं –

भारतीय सञ्चार माध्यम इन्डिया टुडेका अनुसार उनले शुक्रबार लन्डनमा व्यापारी गौतम हथिरामानीसँग विवाह गरेकी हुन्। कनिकाले आफ्नो विवाहको तस्बिर इन्स्टाग्राममा पोस्ट गरेकी छन्।

 

‘र मैले हुन्छ भनें। परीहरू कथामा मात्र विश्वास नगर्नुहोस्। सपना देख्नु किनकी एक दिन ती सपना साकार हुनेछन्। मैले मेरो राजकुमार भेट्टाएँ, मैले मेरो सारथी भेट्टाएँ। हामीलाई भेट्न दिनु भएकोमा ब्रह्माण्डलाई धन्यवाद। म हाम्रो यात्रासँगै सुरु गर्न उत्साहित छु, तिमीसँग बुढ्यौली हुन, तिमीलाई माया गर्न र तिमीसँग सिक्न। तर, सबैभन्दा महत्त्वपूर्ण, तिमीसँग हाँस्न।

 

 

मलाई हरेक दिन मुस्कान दिएकोमा धन्यवाद। मेरो सबैभन्दा मिल्ने साथी, मेरो सहयात्री र मेरो हिरो’ उनले लेखेकी छन्। कनिकाले मनिष मल्होत्राको डिजाइनमा तयार भएको गुलाबी रंगको लेहेंगा लगाएकी थिइन् भने गौतमले पनि गुलाबी रंगकै शेरवानी लगाएका थिए। कनिका र गौतम विगत एक वर्षदेखि एकअर्कासँग प्रेममा थिए। कनिकाले १८ वर्षको उमेरमा व्यवसायी राज चन्डोकसँग विवाह गरेकी थिइन्। कनिका र राजका तीन सन्तान अयाना, समारा र युवराज छन्।

 

 

कनिका लखनउमा हुर्केकी हुन्। सन् १९९७ मा विवाहपछि उनी लन्डन गइन्। विवाहको १२ वर्षपछि उनको श्रीमानसँग झगडा भयो। सन् २०१० मा उनले श्रीमानको घर छाडेर लखनउ फर्किइन्। त्यसपछि सन् २०१२ मा उनले राजसँग डिभोर्स गरिन्। डिभोर्स गरेपछि उनी आफ्नो सांगीतिक यात्रामा रमाइरहेकी छन्। उनले ‘बेबी डल, बिट पे बोटी, चिट्टिया कलाइयाँ र देसी लुक’ जस्ता थुप्रै हिट गीत गाएकी छन्।एजेन्सी