२०८१ बैशाख ४ , मंगलबार

लेइपजिगलाई पहिलो पटक जर्मन कपको उपाधि

सुनाखरी न्युज/ काठमाडौं –

आरबी लेइपिजगले पहिलो पटक जर्मन कपको उपाधि जितेको छ । शनिबार राति भएको फाइनलमा फ्रेईवर्गलाई पेनाल्टीमा ४–२ ले हराउँदै लेइपिजगले पहिलो उपाधि जितेको हो ।​ लेइपिजगको क्लब इतिहासमा लेइपिजगको यो पहिलो मुख्य उपाधि हो ।

 

खेलको निर्धारित र थप अतिरिक्त समय १–१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टीमा गएको थियो । पेनाल्टीमा लेइपिजगका क्रिस्टोफोर एनकुकु, विल्ली अर्वन, ड्यानियल ओल्मो र बेन्जामिन हेनरिचले गोल गरे ।​ फ्रेईवर्गका निल्स पिटर्सन र केभिनले गोल गर्दा क्रिस्टियन गुन्टर र इर्मिडिन डेमीरोभिकले गोल गर्न चुकेका थिए ।

 

पेनाल्टी अघि खेलको १९ औं मिनेटमा म्याक्सिमिलियन इगेस्टिनको गोलबाट फ्रेईवर्र्गले अग्रता बनाएको थियो । खेलको ५७ औं मिनेटमा मार्सेल हाल्सटेनवर्गले रातो कार्ड पाएपछि लेइपिजग १० खेलाडीमा समेटियो । तर ७६ औं मिनेटमा क्रिस्टोफोरले एनकुकुले गोल गर्दै लेइपिजगलाई १–१ गोलको बराबरीमा ल्याएका थिए । एजेन्सी