२०८१ बैशाख १३ , बिहिवार

प्रधानमन्त्री देउवा र अमेरिकी उपमन्त्री जियाबीच भेटवार्ता

सुनाखरी न्युज/ काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी उपमन्त्री एवं तिब्बती मामिलाका संयोजक उज्रा जियाबीच भेटवार्ता भएको छ । उपमन्त्री जियाले आज बिहान प्रधानमन्त्री देउवासँग बालुवाटारमा भेट गरेकी हुन ।

भेटमा नेपालको विकासमा अमेरिकी सहयोग र दुईपक्षीय हितका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । भेटमा अमेरिकी मन्त्री जियाले अमेरिका लामो समयदेखि नेपालको विकास साझेदार रहेको भन्दै आगामी दिनमा पनि निरन्तर सहयोग उपलब्ध गराउने आश्वासन दिएकी छिन । जिया तीन दिने भ्रमणका क्रममा शुक्रबार नेपाल आएकी हुन । भ्रमणमा क्रममा उनले नेपालमा आफ्नो पद अनुसार मानव अधिकार, नागरिक सुरक्षा अनि प्रजातन्त्रप्रति द्विपक्षीय रुपमा छलफल गरेकी थिइन ।

उनले नेपालमा रहेको तिब्बती शरणार्थीसँग समेत भेट गरेकी छिन । उपमन्त्री जियाको नेपाल आगमन अमेरिकी अधिकारीहरूको एक दशकपछिको उच्चस्तरीय भ्रमण होरु। नेपालले एमसीसी सम्झौता अनुमोदनसँगै नेपाल–अमेरिका कूटनीतिक सम्बन्धको ७५ औं वर्षगाँठ मनाइरहँदा उनको नेपाल भ्रमण भएको हो ।