२०७९ श्रावण २२ , आइतवार

नेपाल बैंकले ल्यायो गैर–आवासीय नेपालीहरुको लागि आकर्षक सुविधाहरु सहित निक्षेप खाता

सुनाखरी न्युज/ काठमाडौं – नेपाल बैंक लिमिटेडले गैर–आवासीय नेपालीहरुलाई लक्षित गरि आकर्षक सुविधाहरु सहितका एनआरएन निक्षेप खाताहरु संचालनमा ल्याएको छ ।

 

विदेशमा बस्ने गैर–आवासीय नेपालीहरुले अव अनलाइनबाटै नेपाल बैंकमा बिदेशी मुद्रामा बचत र मुद्दती खाता खोल्न सक्नेछन् । अमेरिकी डलर, पाउण्ड स्टर्लिङ्ग र अष्ट्रेलियन डलरमा नेपाल बैंकमा बचत तथा मुद्दती खाता खोल्दा उच्चतम व्याज दिने बैंकले जनाएको छ । अमेरिकी डलरमा बचत तथा मुद्दती खाता खोल्दा बार्षिक व्याजदर क्रमश ४.५ प्रतिशत र छ प्रतिशत दिने बैंकले जनाएको छ । अन्य विदेशि मुद्राको निक्षेपमा पनि आकर्षक व्याजदर दिने बैंकले जनाएको छ ।

 

एनआरएन खाता गैर–आवासीय नेपाली तथा गैर आवासीय नेपालीबाट प्रबद्र्घित विदेश स्थित संस्थाको नाममा र गैर–आवासीय नेपालीको नाममा संयुक्त रुपमा पनि खाता खोल्न सकिने बैंकले जनाएको छ । यो खाता खोल्नको लागि नेपाल सरकारको सम्बन्धित निकायबाट जारी भएको गैर–आवासीय नेपालीको अद्यावधिक परिचयपत्रको प्रतिलिपि समावेश गर्नुपर्दछ साथै बैकिङ प्रणालीबाट मात्र रकम जम्मा गर्न र फिर्ता गर्न सकिने समेत बैंकले जनाएको छ भने मुद्दती खाता कम्तिमा एक बर्ष वा सो भन्दा बढि अवधिको लागि खोल्न सकिने छ ।