२०७९ श्रावण ३० , सोमवार

यी गर्भवती महिलाको पेट देखेर आश्चर्यमा परे मानिस

 

सुनाखरी न्युज / एउटी महिलाको विषयमा सामाजिक सञ्जालमा चर्चा भइरहेको छ । एउटा महिलाको पेट देखेर धेरै आश्चर्यमा परे । गर्भवती उक्त महिलाको तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

उक्त महिलाको पेटको आकार धेरै ठूलो भएकाले उनले झेल्नुपरेको मुश्किलका विषयमा पनि चर्चा भइरहेको छ । सामाजिक सञ्जालमा भाइरल भइरहेकी उक्त महिलाको नाम मिशेला मोर्सी हो ।

मिशेलाले ३ वटा बच्चाको नाम चाल्र्स, थियोडोर र गेब्रियल राखेकी छन । ३ वटा बच्चामध्ये २ वटा छोरीहरु छन् । उनले आफू गर्भवती भएदेखिको तस्बिरहरु सामाजिक सञ्जालमा सेयर गरिन् । जसले निकै चर्चा पायो ।

उनको करिब २।६७ लाख फलोअर्स पुगेका छन । केही समयपछि उनले आफ्ना बच्चाका तस्बिरहरु पनि सेयर गरिन् । जसले धेरैको ध्यान खिच्यो । उनले सामाजिक सञ्जालमा गर्भवती भएको अवस्थाको तस्बिर र बच्चाको तस्बिर पनि सेयर गरेकी छिन ।