२०७९ भदौ १ , बुधवार

आज देशका अधिकांश भू-भागमा आंशिकदेखि सामान्य बदली, हल्का वर्षा र हिमपातको सम्भावना

weather

सुनाखरी न्युज/ काठमाडौं -जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज देशका अधिकांश भू-भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

 

उक्त प्रणालीको प्रभावले प्रदेश नं १, बागमती प्रदेश तथा गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्यतया बदली रही पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको र सोही क्षेत्रको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

 

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम चार दशमलव शून्य डिग्री र अधिकतम तापक्रम १४ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस पाँच दशमलव शून्य डिग्री रहेको छ भने सबैभन्दा धेरै दिपायलको अधिकतम तापक्रम १९ दशमलव आठ डिग्री सेल्सियस रहेको महाशाखाले जनाएको छ ।