२०७९ श्रावण २९ , आइतवार

घट्यो सुनको मूल्य

सुनाखरी न्युज/ काठमाडौं – सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु. ९०० ले घटेर रु ९३ हजार ५०० तोकिएको छ । पहेँलो धातु अधिल्लो दिन प्रतितोला रु. ९४ हजार ४०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु. ९३ हजार रहेको छ । जसको मूल्य बुधबार प्रतितोला रु. ९३ हजार ९०० थियो । त्यस्तै आज चाँदी अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु. १० ले घटेर रु. एक हजार २९० कायम भएको महासङ्घले जनाएको छ ।