२०७९ श्रावण २५ , बुधवार

गोरखाको मनकामना केन्द्र रहेर गयो भूकम्प

सुनाखरी न्युज/ काठमाडौं  – गोरखाको मनकामना केन्द्र रहेर भूकम्प गएको छ। आज अपरान्ह ४ बजेर ५४ मिनेटमा मनकामना केन्द्र रहेर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ।

भूकम्पको धक्का गोरखा, चितवन, धादिङलगायत क्षेत्रमा महशुस गरिएको थियो। केन्द्रका अनुसार ४.१ म्याग्निच्युडको भूकम्प गएको हो। ०७२ मा गोरखाकै बारपाक केन्द्र रहेर भूकम्प गएको थियो।