२०७९ श्रावण ३० , सोमवार

ल्याटीन ए.बी.एस कम्पनीको ब्रान्ड एम्बेसडरमा चर्चित युटुब भलगर राजकुमार थापा मगर

सुनाखरी न्युज/ काठमाडौं – काठमाडौ कपन तेन्जीङ्गचोक स्थित छोटो समयमै आफ्नो ग्राहकमाहानुभावहरुलाई दुई पाङ्ग्रे सवारीको मर्मत को सेवा सुविधा दिदै आएको ल्याटीन ए.बी.एस को ब्रान्ड एम्बेसडरमाचर्चित युटुब भलगर राजकुमार थापा मगर नियुक्त भएका छन् ।

 

मङ्गलबार राजधानीमा आयोजित कार्यक्रममा ल्याटीन ए.बी.एसका संस्थापक तथा प्रवन्धक विकल्प चौलागाई र राजकुमार थापाबीच सम्झौता पत्रमा हस्ताक्षर भएको ल्याटीन ए.बी.एसद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । अब थापाले विभिन्न सञ्चार माध्यमबाट ल्याटीन ए.बी.एस को प्रचार प्रसार गर्ने भएका छन् । पब्लिक फिगर बनेपछि कुनै पनि उत्पादन वा कम्पनीको विश्वसनीयता र उद्देश्य थाहा पाउन जसरी रहेको थापाले बताए । ल्याटीनसँगको आफ्नो आबद्धताको बारेमा बोल्दै विज्ञप्तिमा उहाँलाई उद्धधृत गर्दै भनिएको छ, म कम्पनीको राम्रो नियम र विश्वसनीयताका कारण ब्रान्ड एम्बेसरको रुपमा आवद्ध भएको छु ।

 

 

बढ्दो महङ्गीको वर्तमान परिपेक्षमा सुपथ र सस्तो मुल्यमा आफ्नो ग्राहकलाई सेवा दिदै आएको र कम्पनीलाई ०१–५९१०१०६ सम्पर्क गर्न सक्नु हुनेछ । म यस कम्पनीको उद्देश्यबाट प्रभावित छु । सबैका आवश्यकताहरु सजिलै र सरल रुपमा कसरी पुरा गर्ने भन्ने बारे ल्याटीन ए.बी.एस. कम्पनी ले पुरा गरेकोमा म विश्वास व्यक्तगर्दछु ।