२०७९ श्रावण २९ , आइतवार

फाइजर र बायोएनटेकद्वारा ओमिक्रोनका लागि खोप परीक्षण सुरु

सुनाखरी न्युज/ काठमाडौं – फाइजर र बायोएनटेकले ५५ वर्ष उमेर समूहका वयस्कमा आफ्नो ओमिक्रोन–बिशेष कोभिड–१९ खोपको सुरक्षा र रोग प्रतिरोधात्मक प्रतिक्रिया परीक्षण गर्न क्लिनिकल परीक्षण सुरु गरेको कम्पनीहरूले मङ्गलबार जानकारी दिएका छन् ।

 

 

फाइजरका कार्यकारी अधिकृत अल्बर्ट बोरलाले पत्रकार सम्मेलनमा भने, “खोप तथा औषधीहरूको विकास र अनुसन्धान गर्ने विशाल यो कम्पनीले मार्चसम्ममा पहिलो नतिजा निकाल्ने प्रयास गरिरहेको छ । ” कम्पनीको खोप अनुसन्धान प्रमुख क्याथ्रिन जानसेनका अनुसार हालको तथ्याङ्कले कोभिडको यस पहिलेका भाइरसका लागि तयार पारिएको बुस्टर मात्राले पनि ओमिक्रोनबाट आउनसक्ने गम्भीर खतरालाई टाढा गर्ने अनुसन्धानले पुष्टि भइसकेको छ । यद्यपि यसबाट आउनसक्ने दीर्घकाली असरबारे सावधानीसाथ अध्ययन भइरहेका छन् ।

 

उनले भने, “समय बित्दै जाँदा यो सुरक्षा घट्दै गएको अवस्थामा र भविष्यमा ओमिक्रोन र नयाँ विविधताहरू समाधान गर्न सम्भावित मद्दत गर्न हामी तयार हुनुपर्ने आवश्यकतालाई स्वीकार गर्छौ ।” जर्मनी कम्पनी बायोएनटेकका प्रमुख कार्यकारी अधिकृत उगुर साहिनले बताएअनुसार हल्का र मध्यम कोभिडविरुद्ध लड्न बनाइएको पूरानो खोपको सुरक्षाले ओमिक्रोनविरुद्ध अपेक्षित रूपमा काम नगरेको बताए ।

 

यस बिषयमा १८–५५ वर्षका एक हजार ४२० व्यक्तिहरूमा तीन समूहमा विभाजन गरी परीक्षण तथा अनुसन्धान जारी छ । फाइजरका प्रवक्ताले एएफपीलाई बताएअनुसार यसमा ५५ वर्षभन्दा बढी उमेरका मानिसहरू समावेश गरिएका छैनन् किनभने अध्ययनको लक्ष्य खोप प्रभावकारिताको अनुमान गर्नुको सट्टा सहभागीहरूको रोग प्रतिरोधात्मक प्रतिक्रिया जाँच्नु रहेको छ । एजेन्सी