२०७९ भदौ १ , बुधवार

जंगली हात्तीको आक्रमणबाट बृद्धको मृत्यु

सुनाखरी न्युज/ झापा – झापाको दमक नगरपालिका-३ का ६३ बर्षीय गणेश प्रसाद अधिकारीको जंगली हात्तीको आक्रमणमा परि मृत्यु भएको छ ।

 

हिजो राती सवा ९ बजे अधिकारी खेतमा पानी लागाउन जाँदै गरेको अवस्थामा दमक-३ स्थित हुम्सेदुम्से सामुदायीक वनबाट आएको जंगली हात्तीले आक्रमण गरी लछारपछार पार्दा अधिकारीको घटना स्थलमै मृत्यु भएको थियो ।

 

घटना स्थलमा इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी टोली खटी मृतक लाशको कानुनि प्रकृया पुरा गरी पोष्टमार्टमको लागि दमक अस्पताल पठाएको छ ।