२०७९ श्रावण २७ , शुक्रवार

कोरोना अपडेट : देशभर थप १२ हजार ८ जनामा कोरोना संक्रमन पुष्टी,३०४० जना संक्रमित निको, ८ को मृत्यु,

सुनाखरी न्युज/ काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा गरेको २५ हजार ९ सय ९ जनाको परीक्षणबाट उक्त संख्यामा संक्रमित फेला परेका हुन्।

 

स्वास्थ्य मन्त्रालयका अनुसार १८१०३ पिसिआर परीक्षणबाट ९ हजार ४ सय ३२ र ७८०६ एन्टिजेन परीक्षणबाट २५७६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। उक्त अवधिमा ३०४० जना कोरोना संक्रमित निको भएका छन्। यस्तै सोही अवधिमा ८ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन्। हाल देशभर ८८ हजार ९३४ जना कोरोनाका सक्रिय संक्रमित छन्।

 

पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ६१७२ जना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ४८७५, भक्तपुरमा ५१५ र ललितपुरमा ७८२ जना संक्रमित थपिएका छन्।