२०७९ श्रावण २५ , बुधवार

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

सुनाखरी न्युज/ पर्सा –  १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा वीरगंज महनागरपालिका-२३ सबैठवा बस्ने २० वर्षीय भनु यादव भन्ने मुन्ना प्रसाद यादवलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

 

 

यादवले ती किशोरीलाई डरत्रास देखाई अनुचित प्रभाव र दबाबमा पारी आफ्नै घरमा लगि पटक-पटक जबरजस्ती करणी गरेको भन्ने जानकारी प्राप्त हुनासाथ खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । उनी उपर जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत पर्साबाट ६ दिन म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।