सुनाखरी न्युज/ काठमाडौं।
शेयर बजार साताको तेस्रो दिन मंगलबार पनि घटेर बन्द भएको छ । शेयर कारोबार मापक नेप्से परिसूचकसँगै मंगलबार कारोबार रकम समेत घटेको छ ।
नेप्से परिसूचक ५ दशमलव ९२ अंकले घटेर २ हजार ८ सय १४ दशमलव ७४ अंकमा झरेको छ । यस अघि सोमबार पनि नेप्से परिसूचक सय अंकले घटेको थियो ।
उता शेयर कारोबार रकम पनि सोमबारको तुलनामा मंगलबार ३ अर्ब भन्दा धेरैले घटेको छ । ९७ लाख ८४ हजार ६ सय ५१ कित्ता शेयर किनबेच हुँदा कारोबार रकम ५ अर्ब ३९ करोड ५६ लाख ७२ हजार ६ सय २७ रुपैयाँमा रोकियो । सोमबार साढे आठ अर्ब माथिको शेयर कारोबार भएको थियो ।