२०७९ श्रावण २८ , शनिवार

कोरोना सङ्क्रमण तीव्र बन्दै गएका कारण अत्यावश्यक बाहेकका सबै सरकारी काम अनलाइनबाट गर्न सुझाव

सुनाखरी न्युज/ काठमाडौं – निजामती कर्मचारीमा कोरोना सङ्क्रमण तीव्र बन्दै गएपछि कर्मचारीहरूले अनलाइन प्रणालीबाट सेवा प्रवाह गर्न सरकारलाई सुझाव दिएका छन् ।

 

 

निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनका अनुसार तीनै तहका गरी करिब डेढ लाख कर्मचारीमध्ये ३० प्रतिशत कर्मचारीलाई कोरोना सङ्क्रमण भएको अनुमान गरिएको छ । उक्त ट्रेड युनियनका महासचिव तेजकुमार केसीले अहिले ३० प्रतिशत कर्मचारीलाई कोभिड भएको र यही गतिमा सङ्क्रमण तीव्र बन्दै गए अधिकांश कर्मचारीमा कोरोना सङ्क्रमण हुने बताए । उनले भने, ‘अत्यावश्यकबाहेकका काम अनलाइन माध्यमबाटै ‘वर्क फ्रम होम’ गर्नुपर्छ, व्यक्तिको स्वास्थ्य भन्दा काम ठूलो होइन ।

 

अहिले पनि कोभिड सङ्क्रमण दर ५० प्रतिशतभन्दा बढी भएकाले अनलाइनबाट सेवा प्रवाह गर्न सकिने सबै काम अनलाइनबाटै गर्नुपर्ने मन्त्रालयले जनाएको छ ।