२०७९ श्रावण २७ , शुक्रवार

सरकारी खर्च निरासाजनक, विकास खर्चभन्दा तलबभत्ता र सामाजिक सुरक्षा भत्ताको खर्च बढी

सुनाखरी न्युज/ काठमाडौं ।

नेपालमा तलवभत्ता र सामाजिक सुरक्षामा  विकास भन्दा बढी बजेट खर्च हुने गरेको देखिएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०७७-७८ को बजेट खर्चको विश्लेषणमा यस्तो देखिएको हो ।

सरकारले उक्त आर्थिक वर्षमा कुल १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो । सो बजेटबाट खर्च भने ११ खर्ब ९६ अर्ब ६७ करोड रुपैयाँ मात्र भएको थियो ।

 

कार्यालयका अनुसार सो वर्ष २ खर्ब २८ अर्ब रुपैयाँ पुँजीगत खर्च भएको थियो । यो कुल बजेट खर्चको १९-१२ प्रतिशत हो । यसैवर्ष सरकारले २३-०३ प्रतिशत अंक सरकारी कर्मचारी तथा पदाधिकारीको तलवभत्ता र सामाजिक सुरक्षाका कार्यक्रममा खर्च गरेको छ । यो दुई प्रयोजनमा एक वर्षको अवधिमा २ खर्ब ७५ अर्ब रुपैयाँ खर्च भएको देखिएको छ ।