२०७९ श्रावण २४ , मंगलबार

मंगलबारदेखि नेपाल चिकित्सक संघले कोभिड कल सेन्टर संचालनमा ल्याउदै

सुनाखरी न्युज/ काठमाडौं – नेपाल चिकित्सक संघले मंगलबारदेखि कोभिड कल सेन्टर संचालनमा ल्याउने भएको छ।

 

 

कोभिड–१९ को तेस्रो लहरको सामना गर्नका लागि संघको केन्द्रीय कार्यालय प्रदर्शनीमार्ग, काठमाडौंमा संघ, अमेरिका नेपाल मेडिकल फाउण्डेसन र नेपाल टेलिकमको संयुक्त पहलमा ११५६ नम्बरको कल सेन्टर संचालमा ल्याउन लागिएको हो। उक्त कल सेन्टर विहान ८ बजेदेखि बेलुका ८ बजे सम्म संचालन हुने उल्लेख छ। कोभिड–१९ बाट सर्वसाधारण नागरिकहरुले स्वास्थ्य सम्बन्धी समस्या भएमा ११५६ नम्बरको कल सेन्टरमा सम्र्पक गर्न सकिने संघले जनाएको छ।