२०७९ श्रावण २९ , आइतवार

६ कम्पनीलाई आइपीओ बिक्री गर्न धितोपत्र बोर्डको अनुमति, कुनको कति ?

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाल धितोपत्र बोर्ड  ६ वटा कम्पनीलाई आइपीओ बिक्री गर्न एकैपटक अनुमति दिएको छ । बोर्डले बलेफी हाइड्रोपावरलाई ३६ लाख ५५ हजार ९४० कित्ता, ग्रिन भेन्चरलाई ६२ लाख ५० हजार कित्ता, नेष्डो समृद्धि लघुवित्तलाई ८ लाख २८ हजार ७५० कित्ता, जाल्पा सामुदायिक लघुवित्तलाई ५ लाख २२ हजार कित्ता, राष्ट्र उत्थान लघुवित्तलाई, ८ लाख ५० हजार कित्ता र इमर्जिङ नेपाललाई ५ लाख ५५ हजार ६०० कित्ता सेयर आइपीओ बिक्री गर्न अनुमति दिएको हो ।

जसमा बलेफी हाइड्रोपावरको आइपीओमा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटल, ग्रिन भेन्चरको बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट, नेष्डो समृद्धिको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल, जाल्पा सामुदायिक लघुवित्तको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल, राष्ट्र उत्थान लघुवित्तको बिक्री प्रबन्धकमा एनआइबीएल एस क्यापिटल र इमर्जिङ नेपालको आइपीओमा बिक्री प्रबन्धकको रुपमा एनआइसी एसिया क्यापिटल चयन भएका छन् ।