२०७९ श्रावण २७ , शुक्रवार

एनआइसी एसिया बैंकको लाभांश रद्द, राष्ट्र बैंकले दिएन स्वीकृति

सुनाखरी न्युज/ काठमाडौं ।
एनआइसी एसिया बैंकको प्रस्तावित लाभांश रद्द भएको छ । नियामक नेपाल राष्ट्र बैंकले लाभांश प्रस्ताव  अस्वीकृत गरेपछि रद्द गरिएको बैंकले जानकारी गराएको छ ।

नियामकले क्यापिटल कन्जर्भेसन बफर पर्याप्त नदेखिएको भन्दै लाभांश प्रस्ताव अस्वीकृत गरेको हो । यसअघि एनआइसी एसियाको कात्तिक ८ गते बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट १५ % बोनस सेयर र कर प्रयोजनका लागि ०.७९५ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । उक्त प्रस्ताव नियामकले अस्वीकृत गरेपछि रद्द गरिएको बैंकले जनाएको छ ।