२०७९ श्रावण २८ , शनिवार

आधुनिक कृषि र पर्यटन प्रबर्द्धनलाई जोडिएका कार्य योजना पार्टीले तयार गरेको छ – वरिष्ठ उप सभापति शर्मा

सुनाखरी न्युज/ काठमाडौं – काठमाडौं बनस्थलिमा पर्यटन व्यावसायिक साथीहरु ले आयोजना गरेको पार्टी नेता कार्यकर्ताहरु भेटघाट कार्यक्रममा नेपाली काँग्रेस (वी पी) पार्टीका वरिष्ठ उपसभापति गोबिन्दप्रसाद शर्माले नेपाली काँग्रेस (वी पी)को स्थापना र यसको उद्देश्य भनेको नै विपी कोइरालाको प्रजातान्त्रिक समाजवादको परिकल्पना पुरा गर्ने रहेको सुनाए ।

 

 

उनले भने,‘नेपालमा प्रजातन्त्र र राष्ट्रियताको रक्षाको लागि विपीले गरेको परिकल्पना, विपीको समाजवादको रक्षाको लागि यो पार्टी स्थापना भएको हो ।’ उनले आफ्नो पार्टीको संगठन वडा तहसम्म विस्तार गर्ने बताए । पार्टीको अबको योजना जनतामाँझ आफ्नो धारणा पुर्याउने हो शर्माले भने,‘नेपाली जनतालाई सहकारी मार्फत उद्यमशिलताको माध्यमबाट अगाडि बढाउने, गाउँ गाउँ मा उत्पादनसँग जोडेर काम गर्न प्रशिक्षण दिईने र सबैलाई स्वरोजगार बनाउने, कृषि पर्यटन सङ्ग सम्बन्धित योजना पार्टीको रहेको हुँदा गाउँमा बन्द भएका घरमा होम्स्टे बनाउन लगाउने र डोमेस्टिक टुरिजम ले अर्गानिक खानाको स्वादिष्ट परिकार गाउँ गाउँ पुगेर लिनेछन् , यसको लागि हामिहरुले शुरूवात गर्न लागेको धारणा व्यक्त गर्दै पार्टी कार्यकर्ताले दिनको १, २ घन्टा पार्टीलाई पनि समय दिने, विपीको विचारलाई बोकेर हिँड्ने र उनको सपना पुरा गर्ने , देश लाई समृद्ध बनाउने हाम्रो पार्टीको मुख्य लक्ष्य राखेका छौं ।’

 

 

अब उनले सातैवटा प्रदेश र ७७ जिल्लामा आफ्नो पार्टीको संगठन विस्तार गरिने पनि जानकारी दिए । पार्टीको हालसम्म ५० जिल्लामा जिल्ला समिति बिस्तार गरेको र अब हिजोको पत्रकार सम्मेलनमा एक महिने अभियान घोषणा गरिएको हुँदा अभियानको शुरूवात भै सकेको बताए । शर्माले देशलाई विस्तार र विकास गर्नलाई आफ्नो पार्टी अगाडि बढेको स्पष्ट पारे । उनले भने,‘खाडीका देशहरु आज सुन फलाउने भएका छन्, तर हाम्रो देश नेपाल प्राकृतिक सम्पदाको हराभरा भएपनि उजाडिँदै गएको छ ।’ विपीको प्रजातान्त्रिक समाजवाद र गणेशमान सिंहको त्यागलाई नेपाली काँग्रेस (वी पी)ले आगामी दिनमा जनतामाँझ बुझाउँदै लैजाने स्पष्ट पारे । ‘हामीलाई राष्ट्रियता प्यारो छ, देश प्यारो छ । आज देशलाई अगाडि बढाउन चाहेका छौं ।’ उनले थपे । नेता शर्माले देशका जनता सबैलाई विभिन्न किसिमका रोजगारी दिन चाहेको पनि बताए । शर्माले कोभिडले ग्रस्त बनाएको बेला कसैलाई देश र जनताको चिन्ता नभएको भन्दै अब आफ्नो पार्टीले देश बनाउने पनि जिकिर गरे ।

 

 

उनले राष्ट्रियताको रक्षाको लागि आफ्नो पार्टी लाई साथ र समर्थन गर्न सबैलाई आग्रह गरे । भेटघाट कार्यक्रममा बोल्दै पार्टीका महामन्त्री भक्तराज भुषालले २००३ सालदेखि नेपाली कांग्रेस सुरु भएर २०७८ सालमा आउँदा नेपाली कांग्रेसका कार्यक्रम र एजेण्डामा विचलन आएको आरोप लगाए । त्यही भएर ईमान्दार साथीहरुले नेपाली कांग्रेस (वी.पी.) पार्टीको स्थापना गरेको उनले स्पष्ट पारे । उनले स्थापनाकालपछि आफ्नो पार्टीले विभिन्न एजेण्डा बोकेर चुनावमा सहभागी भएकोसमेत स्मरण गराए । उनले भने,‘अब वी.पि. कांग्रेसले जनतामाझ आफ्ना विचार र कार्ययोजना बोकेर जान्छ । जनताले हामीलाई विश्वास गर्नुहुन्छ भन्ने हामीलाई लागेको छ ।’ यसका लागि पार्टीका तर्फबाट ७ प्रदेशमा एक महिने कार्यक्रम तयार पारिएको महामन्त्री भुसालले बताए ।