२०७९ श्रावण २५ , बुधवार

नेलम्बो नेपालले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरालाई ५ जना स्टाफ र्नस सहयोग

सुनाखरी न्युज/ पोखरा – ४ गैह्रापाटनमा रहेको नेलम्बो नेपालले कोभिड १९ को नयाँ भेरियन्ट ओभिक्रोन समुदाय स्तरामा फैलिरहेको अवस्थामा अग्रभागमा रहेर स्वास्थ्य उपचार गर्ने स्वास्थ्यकर्मीहरु अधिकतम मात्रामा संक्रमित भइरहेको आवस्थामा स्वास्थ्य कर्मीको अभाव सिर्जना नहोस् र नागरिकले सहज रुपमा स्वास्थ्य उपचार सेवा प्राप्त गर्न सकुन भन्ने उद्देश्यले नेलम्बो नेपालले आगामी ६ महिनाको लागि ५ जनाको स्वास्थ्य जनसक्ती प्रदान गरेको हो ।

 

 

नेलम्बो नेपालका अध्यक्ष एकदेव देवकोटा र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा. भरत बहादुर खत्री दुवै जनाले सम्झौता पत्रमा हस्ताक्षर गर्नु भएको हो । हस्ताक्षर पश्चात नेलम्बो नेपालका अध्यक्ष देवकोटाले हाल विश्व महामारीको रुपमा फैलिएको कोभिड १९ ले विश्व नै आक्रान्त भइरहेको अवस्थामा कोभिड १९ अस्पतालमा स्वास्थ्यकमीहर्रुको जन शक्ति अभाव नहोस र स्वास्थ्य कर्मीको मनोवल उच्च होस् भन्ने हेतुले नेलम्बो नेपालले सहयोग गरेको बताउनु भयो । यस अगाडी पनि नेलम्बो नेपलले पोखराको लेखनाथमा रहेको संक्रमण तथा सरुवारोग अस्पताललाई ४ जना स्वास्थ्यकर्मीहरु सहयोग गरेको नेलम्बो नेपालका अप्रेसन कोडिनेटर विदित शाहले वताउनु भयो ।

 

 

उक्त कार्यक्रममा धन्यवाद दिँदै निर्देशक डा. भरत बहादुर खत्रीले नेलम्बो नेपालले कोभिड १९ सम्बन्धी सुरुवाती चरण देखि नै कोभिड १९ सँग सम्बन्धीत कार्यक्रमहरु गर्दै आईरहेको कुरा विभिन्न संचार माध्यमबाट सुन्दै र पढ्दै आएको र हाल यस पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि स्वास्थ्यकर्मीहरु संक्रमित भएर आपूर्तिमा कमि भएको समयमा मानविय सेवाको कार्य गर्ने नेलम्बो जस्तो पवित्र संस्था आएर स्वास्थ्य कर्मीहरु नै सहयोग गरेको प्रति आभार व्यक्त गर्नु भयो ।