सुनाखरी न्युज/ काठमाडौं – पछिल्लो २४ घण्टामा ६ हजार ४६२ जना कोरोना भाईरस संक्रमित थपिएका छन् ।
१७ हजार ४९७ नमुना स्वाबको परीक्षण गर्दा ६ हजार ४६२ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै मुलुकभर सक्रिय संक्रमितको संख्या ७७ हजार ४० पुगेको छ ।आज ४ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।