सुनाखरी न्युज/ काठमाडौं – टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा ५० जना बढी स्वास्थ्यकर्मीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
कोभिड–१९ विरुद्धको खोप कार्यक्रममा संलग्न चिकित्सक,स्वास्थ्यकर्मी एव अन्य कर्मचारीमा संक्रमण पुष्टि भएकाले कोरोनाविरुद्धको नियमित खोप कार्यक्रम बन्द गरिएको अस्पतालले जनाएको छ ।
आइतबार अस्पतालले सूचना जारी गर्दै स्वास्थ्यकर्मी संक्रमित भएका कारण माघ १६ गतेसम्म ७ दिनसम्मका लागि कोरोनाविरुद्धको खोप कार्यक्रम स्थगित गरिएको अस्पतालले जनाएको छ ।