२०७९ श्रावण २८ , शनिवार

कोठामा निस्सासिएर ३ महिने शिशुको मृत्यु

सुनाखरी न्युज/ काठमाडौं – सूर्यविनायक नगरपालिका-४ दधिकोट गाम्चास्थित घरको कोठामा निस्सासिएर तीन महिने बालकको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए।

 

 

दुई जना गम्भीर अवस्थामा समेत रहेको पाण्डेले बताए। उपचारको क्रममा बिहान बालकको मृत्यु भएको हो। श्रीमान र श्रीमतीको मध्यपुर अस्पतालमा उपचार भइरहेको परिसरले जनाएको छ। प्रहरीले थप अनुसन्धान अघि बढाएको छ। मृतकका परिवारहरू पनि अहिले सम्पर्कमा आइनसकेको प्रहरीले जनाएको छ।