२०७९ श्रावण ३० , सोमवार

नेबिकोका थप उत्पादन बजार

सुनाखरी न्युज/ काठमाडौं – “बिस्कुट भनेकै नेबिको” ५८ बर्ष अघि स्थापित व्राण्ड नेबिको अझ पनि उक्तिकै लोकप्रिय छ । झण्डै ६ दशकको अवधि पार गर्न सफल ब्राण्डले शुक्रबार एक आन्तरिक कार्यक्रम आयोजना गरि नयाँ भवनको उद्घाटन गरेको थियो ।

 

सो भवनमा Breakfast Cereals हरु जस्तै, Oats, Cornflakes, Chocos लगायतका प्रोडक्टहरु तयार गरि बिक्रि बितरण गरिनेछ । सोहि प्रोडक्टहरु केहि समय अघि देखिनै बजारमा Test Marketing का उधेश्यले उपलब्ध भइसकेका छन् । कम्पनीका कार्यकारी संचालक राजेश कुमार रौनियार, संचालक हरिश चन्द, प्रमुख कार्यकारी अधिकृत केशब प्रसाद भट्टराईहरु बाट संयुक्त रुपमा सोहि युनिट को उद्घाटन भएको छ ।

 

थप आधुनिक मेशिन जडान गरि गुणस्तरमा अझ एकरुपता कायम होस भन्ने उद्देश्यले थप लगानी गरिएको संचालक रौनियारले बताए । साथै सम्पुर्ण कर्मचारी, ग्राहक बर्ग, एवं शुभेच्छुकहरुमा धन्यवाद ज्ञापन गर्दै आउने दिनहरुमा थप नयाँ प्रोडक्टहरु लिएर बजारमा आउने प्रतिवद्धता जनाउदै माया र प्रतिकृयाको आशा राखेको जनाए ।