२०७९ श्रावण २७ , शुक्रवार

सातामा तोलामै १४०० रुपैयाँ बढ्यो सुनको मूल्य

सुनाखरी न्युज/ काठमाडौं ।
सुनको मूल्य एक सातामै  प्रतितोला १४०० रुपैयाँ बढेको छ । माघ महिनाको पहिलो सातादेखि नै नेपाली बजारमा सुनको मूल्य बढ्न थालेको थियो । अन्तर्राष्ट्रिय बजारमा पनि शुक्रबार सुनको भाउ केही बढेको छ । प्रतिऔंस सुन १८४०।६३ र चाँदी २४।४५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

 

नेपालमा शुक्रबार छापावाल सुन प्रतितोला ९३ हजार ८०० र तेजाबी सुन ९३ हजार ३०० रुपैयाँमा कारोबार भएको नेपाली सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । आइतबार छापावाल सुन प्रतितोला ९२ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

एक साताभित्रै चाँदीको मूल्य पनि प्रतितोलामा ७५ रुपैयाँ बढेको छ । आइतबार १२५० रुपैयाँ रहेको चाँदीको मूल्य शुक्रबार १३२५ रुपैयाँ पुगेको हो ।