२०७९ श्रावण २८ , शनिवार

प्रधानमन्त्री देउवाले बोलाए सर्वदलीय बैठक, के के छन् बैठकका एजेण्डा ?

सुनाखरी न्युज/ काठमाडौँ —

प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान साढे ९ बजेका लागि सर्वदलीय बैठक बोलाएको देउवाको सचिवालयले जनाएको छ ।

 

 

पुस ४ गतेको सर्वदलीय बैठकमा एमाले सहभागी नभएपछि प्रधानमन्त्री देउवाले पुस २४ गते एमाले अध्यक्ष केपी शर्मा ओलीलाई उनकै निवास बालकोट पुगेर भेटेका थिए । ओलीलाई भेटेको दुई सातापछि देउवाले फेरि सर्वदलीय बैठक डाकेका हुन् ।

 

सचिवालयका अनुसार बैठकमा संसद्‌को गतिरोध अन्त्य गर्ने, स्थानीय तह निर्वाचनलगायत समसामयिक विषयमा छलफल हुने छ । यसअघिको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले० सहभागी भएको थिएन ।

 

एमालेले आफूले कारबाही सिफारिस गरेका १४ सांसदलाई सभामुख अग्निप्रसाद सापकोटाले कार्यान्वयन नगराएको भन्दै निरन्तर रुपमा संसद् अवरुद्ध गर्दै आएको छ । एमालेले कारबाही सिफारिस गरेकामा माधवकुमार नेपाल, रामकुमारी झाँक्री लगायत सांसद् छन् ।