२०७९ श्रावण २३ , सोमवार

कोरोना विरुद्धको खोप कार्ड नभएका सर्वसाधारण पाएनन् सिंहदरबार प्रवेश, गेटबाटै फर्किन बाध्य

सुनाखरी न्युज/ काठमाडौं – शुक्रबारदेखि सरकारले सार्वजनिक स्थानमा कोरोनाविरुद्धको खोप कार्ड अनिवार्य गर्ने लागू गरेको जनाएको छ ।

 

 

सरकारको निर्णयअनुसार कार्यालय, होटल, रेस्टुरेन्ट, सिनेमा हल, रंगशाला, हवाई यात्रा, पार्कजस्ता सार्वजनिक स्थलमा खोप लगाएको कार्ड वा खोप कार्डको फोटोका आधारमा मात्रै प्रवेश पाइन्छ । भाईरस विरुद्धको खोप कार्ड नहुने सर्वसाधारणहरुलाई सिंहदरबार प्रवेश गर्न निशेध गरिएको छ । त्यस्तै सिंहदरबार प्रवेश पास भए पनि खोप कार्ड नभएका कारण संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा काम लिएर आएका सर्वसाधारणहरु गेटबाटै फर्किन बाध्य भएका छन् ।

 

 

सरकारले सर्वसाधारणलाई खोप लगाउन उत्प्रेरित गर्ने उद्देश्यले कार्ड अनिर्वाय गरेको दाबी गरे पनि उक्त निर्णय व्यवहारिक नभएको विज्ञहरूको भनाइ छ । सार्वजनिक ठाउँमा खोप कार्ड बाध्यात्मक बनाउँदा धेरैजना खोपको दायरामा आउने सरकारले लक्ष्य लिए पनि कार्यान्वयनमा जटिलता देखिने सम्बद्ध विज्ञहरु बताउँछन् । अहिले पनि कुल जनसंख्याको ४१.४ प्रतिशतले मात्र खोपको पूर्ण मात्रा लगाएका छन् भने ५३ प्रतिशतले कम्तीमा १ मात्रा लगाएको स्वास्थ्य मन्त्रालयको तथ्यांकले बताउँछ ।