२०७९ श्रावण २३ , सोमवार

कोरोना संक्रमण बढ्दै गएका कारण त्रिभुवन विश्वविद्यालयको सबै परीक्षा स्थगित

सुनाखरी न्युज/ काठमाडौं – त्रिभुवन विश्वविद्यालयले पूर्वनिर्धारित सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको छ।

 

 

परीक्षा नियन्त्रण कार्यालयले बिहीबार एक सूचना जारी गर्दै माघ ९ गतेदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको हो। कोरोना संक्रमण बढ्दै जाँदा त्रिविका परीक्षा नरोकिएको भन्दै चौतर्फी रुपमा परिक्षा स्थगित गर्न माग भएको थियो ।