२०७९ श्रावण २७ , शुक्रवार

नदीमा डुबेर एकको मृत्यु

सुनाखरी न्युज/ ओखलढुंगा-  चम्पादेवी गाउँपालिका-२ नवलपुरस्थित सुनकोशी नदीमा डुबेर सोही ठाउँ बस्ने ४५ वर्षीय छत्र बहादुर सुनुवारको बुधबार दिउँसो मृत्यु भएको छ ।

 

 

नदीमा डुबेर अशक्त भएका उनको सुनकोशी सामुदायिक अस्पताल खुर्कोट सिन्धुलीमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।