२०७९ श्रावण २४ , मंगलबार

नेपाल पत्रकार महासंघलाई नेलम्बो नेपालको सहयोग

सुनाखरी न्युज/ काठमाडौं – नेलम्बो नेपालले कोभिड–१९ को तेस्रो लहर कोमिक्रोनको विषम् परिस्थितिमा अग्रभागमा खटिने संञ्चारकर्मीहरुलाई स्वास्थ्य सावधनी अपनाएर सत्य, तथ्य र निश्पक्ष समाचार संकलन गर्न सहज होस् भन्ने हेतुले स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरिएको हो ।

 

नेपाल पत्रकार महासंघले आज५५० जना पत्रकारहरुलाई कोभिड विरुद्धको बुस्टर डोज दिई रहेको अवस्थामा नेलम्बो नेपालले सवै पत्रकारको हातमा माक्सहरु पर्नसक्ने सम्भावना रहेको हुदाँ डिस्पोजिवल माक्स ८२५० पिस, के.एन ९५ माक्स ५५० पिस गरि जम्मा रु ३६८५०।– रुपैया वरावरको सामग्रीहरु नेलम्बो नेपालका जन सम्र्पक अधिकृत भीम प्रसाद भण्डारीले नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष रामप्रसाद तिमिल्सेनालाई हस्तान्तरण गर्नु भयमे । नेलम्बो नेपालले उक्त माक्सहरु कास्कीमा क्रियाशिल सम्पूर्ण पत्रकारको हातमा पुग्ने कुरामा विश्वस्त रहेको जनाएको छ ।

 

यस भन्दा अगाडी पनि धेरै पटक नेलम्बो नेपालले पत्रकारहरको माझमा स्वास्थ्य सुरक्षाका सामग्रीहरु हस्तान्तरण गरिसकेको छ ।नेलम्बो नेपालले कोभिड–१९ सँग सम्बन्धीत कार्यक्रमहरु सुरुवाती चरणहरुबाट गर्दै आईरहेको र कोभिड–१९ को पहिलो र दोस्रो लहरमा स्वास्थ्य सुरक्षाका सामग्रीहरु स्वास्थ्य कर्मी, सुरक्षा कर्मी, सञ्चार कर्मी, कास्की जिल्लाका सम्पूर्ण सामुदायिक विद्यालयहरु, स्थानीय तह, विभिन्न पालिकाका वडाहरु र स्वास्थ्य चौकीहरु विभिन्न संघ संस्था तथा सरकारी कार्यालयहरुलाई स्वास्थ्य सुरक्षाका सामग्रीहरु प्रदान गरि स्वास्थ्य सजग रहन सहयोग गरेको छ ।

 

भने समस्यामा परेका अपाङ्ग तथा विपन्न परिवारलाई खाद्यराहात सामग्रीहरु हस्तान्तरण गरि दैनिक जीवन यापन सहज वनाउनको लागि सहयोग पु¥याएको छ । भने विभिन्न् स्थानहरुमा कोभिड–१९ सम्बन्धी सचेतनाका कार्यक्रमहरु गर्दै आईरहेको छ ।