२०७९ श्रावण २८ , शनिवार

स्थानीय निकायसँग सहकार्य गर्दै उपत्यका बिकास प्राधिकरण

सुनाखरी न्युज/ काठमाडौं – उपत्यका बिकास प्राधिकरणले स्थानीय तहका जनप्रतिनिधिहरुलाई समेटेर धाेविखाेला व्यावस्थापन र साैन्दयर्यी करणका बारेमा छलफल कार्यक्रम गरेको छ । कार्यक्रममा काठमाडौं महानगरपालिका ४,५,७,९,१०,११,२९,३०, र बुढानिलकण्ठ नगरपालिकाका ८,९,१०,१३ का वडाअध्यक्ष र सदस्यहरुकाे उपस्थिति रहेको थियाे ।

 

धाेविखाेला काेरिडाेर निर्माणकाे ९५ प्रतिशत काम सकिएपनि निलाे पुल छेउकाे क्षेत्रमा ३ वटा घरको मुअब्जाका कारण र अर्को पटि पहिराे व्यास्थापका कारण काममा केही ढिलाइ भएको साथै काम सम्पन्न भइसकेको ठाउँमा बाटाे र पुलमुनीकाे भागमा जथाभावी फाेहाेर थुप्रीएकाे, खाेलामा ढल मिसिएकाे सन्दर्भलाई लिएर यसको समाधानका लागि स्थानीय जनप्रतिनिधि हरुसँग छलफल कार्यक्रम आयाेजना गरेको हाे । धाेविखाेलामा अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत बिकास समितिले ढल राख्ने काम गरेको छ भने काेरिडाेर निर्माणकार्य काठमाडौं उपत्यका बिकास प्राधिकरणले गरेको छ । वडाध्यक्ष हरुले धाेविखाेला काेरिडाेरले शहरको ठुलाे ट्राफिक चापलाई व्यवस्थापन गर्न सहयोग पुगेको भएता पनि हरेक बर्ष आउने बाडिकाे प्रभावले स्थानीय जनताले दुख पाएकाे कारण अब याेजना बद्द रुपमा अगाडि बढ्नुपर्ने र धाेविखाेलाकाे व्यावस्थापन सबैकाे जिम्मेवारी भएकोले समन्वय गरेर काम गर्नुपर्ने धारणा राखेका थिए ।

 

त्यस्तै अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत बिकास समितिका आयाेजना प्रमुख नवराज प्याकुरेलले बाग्मती लगायतका सहायक नदिहरुकाे सरसफाइमा सबै निकायले ध्यान दिनुपर्ने र कसैले पनि अर्कोनिकायकाे जिम्मेवारी हाे भनेर पन्छन नहुने बताए । समस्या छ भन्ने मात्र हाेइन, निर्देशन दिने मात्र हाेइन अब कार्यन्वयन गर्ने कुरामा अगाडि बढ्नुपर्ने र यसको लागि प्राधिकरणले सबै सँग समन्वय गरेर छिटो भन्दा छिटो काम गर्ने धारणा राखेका थिए । विगतमा काेरिडाेर निर्माणको काममा सानातिना तत्काल गर्न सक्ने कामहरु पनि नगरिएको देखियो अब त्यस्ता कुरालाई ध्यानमा राखेर सडकमा कलरकाेड, बत्ती, हरियाली, फुटपाथलाई फुटपाथकाे रुपमा नै प्रयोग गर्ने वातावरण समेत मिलाउने प्राधिकरणका विकास आयुक्त जानुका ढकालले बताइन । बिकास आयुक्त ढकालले सबै निकायले मिलेर धाेविखाेलाकाे साैन्दर्यकरणमा ध्यान दिनुपर्ने र फाेहाेर फाल्ने लाई कारवाहि गर्ने अधिकार स्थानीय तहलाई भएकोले जरिवना समेत लगाएर कारबाहि गर्न सके जथाभावी फाेहाेर फाल्नेमा केही कमि आउने बिश्वास रहेको र स्थानीय जनतालाई समेत आफ्नाे घरबाटाे सफा गर्नुपर्नेमा जिम्मेवार बनाउनकालागि कार्यक्रम बनाइने समेत बताइन ।

 

उक्त छलफल कार्यक्रममा धाेविखाेला आयाेजना प्रमुख दिनेश कृष्ण पाेतेकाे संयाेजकत्वमा काठमाडौं नगरपालिका, बुढानिलकण्ठ नगरपालिकाका वडा प्रतिनिधि , अधिकार सम्पन्न बाग्मति सभ्यता एकीकृत किकास समितिका प्रतिनिधि, ट्राफिक महाशाखाका प्रतिनिधि समेत रहनेगरी धाेविखाेला व्यावस्थापन समन्वय समिति गठन भएको छ भने यस समितिले खाेलाकाे साैन्दर्यीकरण, ढल व्यावस्थनपन, फाेहाेर व्यवस्थापन, वृक्ष राेपन र त्यसकाे संरक्षण , पार्क निर्माणका लागि सार्वजनिक जग्गाकाे पहिचान लगायतका काममा समन्वयात्मक भुमिका निर्वाह गर्नेछ । हरेक बर्ष आउने बाढीले धेरैलाई दुख दिइरहेकोले प्राकृतिक प्रकाेपलाई राेक्न नसके पनि प्रकाेपकाे अग्रिम सुचना दिने प्रणालीलाई अबलम्बन गर्ने र धेरै क्षति हुन नदिन के गर्ने सकिन्छ भनेर छलफल गरि अगाडि बढ्ने समेत प्राधिकरणले जनाएको छ ।