२०७९ मंसिर १४ , बुधवार

कोरोना अपडेट : कोरोना संक्रमण अहिले सम्मकै उच्च, देशभर थप ११ हजार ३५२ जनामा संक्रमण पुष्टि,

सुनाखरी न्युज/ काठमाडौं – पछिल्लो २४ घण्टामा थप ११ हजार ३५२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

 

 

स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता समीर कुमार अधिकारीले बुधबार भएको संक्रमण पुष्टि हालसम्मकै उच्च भएको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए। उनका अनुसार कुल २३ हजार ४०९ वटा नमुना परीक्षण गर्दा ११ हजार ३५२ जनामा संक्रमण पुष्टि भएको उनले बताए।

 

यसैबीच उपत्यकामा भक्तपुरमा ५७८, ललितपुरमा १ हजार १९ र ४ हजार ६६६ जना गरी ६ हजार ३४३ जना संक्रमित भएका छन् ।